+
+

शौचालय उद्घाटन गर्दै मेयर शाक्यले भने-बनाउनै गाह्रो

'वातावरणमैत्री पूर्वाधार निर्माणमा हाम्रो जोड छ'

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १४:१४

२८ माघ काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालयको शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

पुरानो टिकट काउन्टर भएको ठाउँमा शौचालय निर्माण गरिएपछि बसबाट झर्ने र चढने यात्रुले सुविधा पाउनेछन् । उद्घाटनपछि बोल्दै मेयर शाक्यले, दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा प्रतिवद्ध रहेको बताए ।

‘सहरमा सार्वजनिक शौचालय चाहिन्छ भन्ने माग छ । तर आफ्नो नजिक नबनाइदिनू भन्ने शर्त हुन्छ । त्यसैले हामीले काम गर्दा विवाद आउला कि, काम रोकिएला कि भनेर डराउनुपर्छ,’ मेयर शाक्यले भने,’सार्वजनिक शौचालय बनाउनै गाह्रो छ ।’ घना बस्तीकाविच दुर्गन्ध नआउने शौचालय बनाउनु आजको आवश्यक्ता भएको बताए ।

उद्घाटनपछि बोल्दै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले नमूना कामलाई विस्तार गर्नुपर्ने बताइन् । ‘यो ठाउँमा सार्वजनिक शौचालय बनाउन नदिन विभिन्न खालका दबाब आएका थिए । धेरै मान्छेलाई नभइ नहुने भएपछि हामीले त्यो दबाब झेलेर पनि काम गरेका हौं,’ उनले भिनन् ।

वडा ११ का अध्यक्ष एवं विधायन समितिका संयोजक  हीरालाल तण्डुकारले विगतमा नबनाउन दवाब दिनेहरुलाई नै अहिले ठीक काम भएको महसुस भएको उल्लेख गरे ।

एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्यले शौचालयमा बायोडाइजेष्टरसहित सबै प्रणाली जडान गरिएको जानकारी दिए । ‘वातावरणमैत्री सार्वजनिक शौचालय बनाउन ठाउँ कम भएर बाधा हुँदैन,’ उनले भने,’यो नमूना काम भयो ।’ शौचालय ५ सय स्क्वायर फिटमा निर्माण भएको छ । शौचालयमा पुरुष युरिनल ४ वटा, क्युविकल २ वटा, महिलाका लागि २ वटा, एउटा समावेशी शौचालय छ ।

भवनबाट आकाशे पानी संकलन गरेर प्रशोधन र प्रयोग गर्न सकिन्छ । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री हुने गरी स्वचालित प्रविधिमा आधारित सुविधा राखिएको अमात्यले जानकारी दिए ।

यहाँ महिलाहरुलाई प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन -हृयाण्ड ड्रायर) जस्ता सुविधा जडान गरिएका छन् ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयको पहुँच बढाउन यस बर्ष व्यवसायीहरुसँग मिलेर अघि बढ्ने नीति बनाएको छ । उनीहरुले आफ्नो प्रयोजनका लागि सञ्चालन गरेको शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिएबापत् यसबर्ष व्यवसायीहरुलाई व्यवसाय करमा ५० प्रतिशत छुट पाउनेछन् । प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय बनाउने नीति महानगरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?