+
+

त्रिविका उपप्रध्यापकमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नलेऊ : गोविन्द केसी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते ११:४१

१ फागुन, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

उनले वक्तव्य जारी गरी ज्यान मार्ने उद्योगका दोषीहरूको मुद्दा फिर्ता गर्न सरकारले प्रयास गरिरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विश्वविद्यालयमा अपराधीको उत्पादन र संरक्षण गर्न नहुने र सबै नागरिकको सुरक्षा हुनुपर्ने उल्लेख गर्दै केसीले गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षणसमेत गराएका छन् ।

उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेको आरोपमा सत्तारुढ दल नेपाली कांग्रेसको नेविसंघका नेताहरू हरिप्रसाद आचार्य र सचिव योगेन्द्र लगायतविरुद्ध मुद्दा छ ।

तर, हाल कांग्रेसको सरकार बनेपछि उनीहरूविरुद्धको मुद्दा फिर्ता गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?