+
+

चलचित्र विकास बोर्डका अध्यक्ष दाहालको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते ११:३१
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल । फाइल तस्वीर

१ फागुन, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली चलचित्रलाई पहिलो प्राथमिकतामा राखेर रिलिजको मौका दिने बताएका छन् ।

शुक्रबार आयोजना भएको चलचित्र ‘ए मेरो हजुर ४’को गीत रिलिज कार्यक्रममा बोल्दै उनले भने, ‘चलचित्र बनाउने पनि नेपाली, चलचित्र रिलिज गर्ने प्रदर्शक पनि नेपाली, वितरक पनि नेपाली, कलाकार पनि नेपाली  भएपछि नेपाली चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । वैशाख १ गते दुई ठूला हिन्दी चलचित्र रिलिज भएपनि नेपाली चलचित्रले राम्रो स्थान पाउँछ, ढुक्क हुनुहोला ।’

उनले यसका लागि नीति निर्माणको काम पनि भइरहेको सुनाए । नीति निर्माण भनेको आज बनाएर भोलि पास नहुने कुरा भएकाले पनि समय लाग्ने उनको भनाइ थियो । वैशाख १ गते चलचित्र ‘ए मेरो हजुर ४’सँग भारतका दुई ठूला चलचित्र ‘लाल सिंह चड्डा’ र ‘केजीएफ २’ रिलिज हुँदैछन् । यी दुई चलचित्र रिलिज हुँदा नेपाली चलचित्रले अपेक्षित शो नपाउने हो कि भन्ने आशंका कायमै छ ।

तर विकास बोर्ड अध्यक्ष दाहालले निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापालाई आश्वस्त पार्दै ढुक्क हुन आग्रह गरे । हुन त, बोर्ड अध्यक्षले यस्तो हुँदैछ भनेर आश्वासन दिएको पहिलो पटक होइन । यसअघि पनि नेपाली चलचित्रका लागि थुप्रै आश्वासन दिएका अध्यक्षले अपेक्षित नतिजा भने दिन सकेका छैनन् । यसैले पनि यसपटक उनले महंगो बजेटमा बनेको ‘ए मेरो हजुर ४’का निर्मातालाई दिएको आश्वासन पूरा हुन्छ वा हुँदैन प्रतीक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?