+
+

काठमाडौंमा पनि देखियो बर्डफ्लू

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १७:४४

१ फागुन, काठमाडौं । काठमाडौंमा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा स्थानीय किसानले पालेको पन्छीमा बर्डफ्लूको संक्रमण देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बालुवा भन्ने स्थानमा स्थानीयले पालेको कुखुरामा बर्डफ्लूको संक्रमण पुष्टी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार संक्रमण देखिएको क्षेत्रको पन्छी नष्ट गरिनुका साथै निसंक्रमण समेत सकिएको छ । थप संक्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाडौंमा २० वटा कुखुरा, ५ वटा परेवा र ३ वटा लौकाट नष्ट गरिएको प्रवक्ता सञ्जेलले बताए ।

चितवनको राप्ती नगरपालिका–६ मा पालिएको कुखुरामा पनि बिहीबार बर्डफ्लूको संक्रमण पुष्टि भएको थियो । कृषकले पालेको कुखुरामा संकास्पद लक्षण पछि केन्द्रीय पशुपन्छी रोगअन्वेषण प्रयोगशालामा गरिएको रियालटाइम पीसीआर परीक्षणमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

संक्रमण देखिएको क्षेत्रबाट एक हजार ९ सय १३ गोटा लेयर्स कुखुरा, १४ वटा हाँस र २० वटा हाँसको अण्डा, एक हजार किलो दाना र ३५० वटा अण्डाको क्रेट नष्ट गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा देखिएको बर्डफ्लू एचपीएआई, र एचफाइभ एन वान रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?