+
+

आईपीओ जारी गर्दै धौलागिरी लघुवित्त

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १३:३५

२ फागुन, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले स्वीकृति पाउने वित्तिकै आईपीओ जारी गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

उनका अनुसार संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ ला कित्ता आईपीओ जारी गर्नेछ । आईपीओ जारी गर्न यस अघि नै संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

धौलागिरी लघुवित्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखी वित्तीय कारोबार गर्दै आइरहेको संस्था हो । यसले नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरू मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरी ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

सोही अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ एक अर्ब ४४ करोड, निक्षेप संकलनतर्फ  ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रहेको छ ।

हाल चुक्ता पुँजी सात करोड रहेकोमा सार्वजनिक शेयर निष्कासन भए पश्चात् १० करोड चुक्ता पुँजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरू तर्फ कुल १० करोड ३८ लाख रहेको छ ।

आर्थिक वर्ष २०७७.०७८ को आषाढ मसान्त सम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा दुई करोड ६० लाख रहेकोमा पुस मसान्तसम्म आइपुग्दा उक्त वितरण योग्य मुनाफा ४ करोड ९ लाख पुगेको छ ।

आर्थिक वर्ष २०७७.०७८ को मसान्तमा प्रतिशेयर आम्दानी ५०।१२ भन्दा बढी कायम गरेकोमा पुस मसान्तसम्ममा आइपुग्दा ६१.४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?