+
+

सर्वदलीय बैठक सिंहदरबारमा सुरू

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १४:३३

२ फागुन, काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरू भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । नेकपा एमालेले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।

सभामुखले बोलाएका बैठक एमालेले यसअघि पनि बहिष्कार गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?