+
+

दाङमा टिपरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते ९:०७

३ फागुन, दाङ । दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका-१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई पूर्व-पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो ।

साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो ।

घटनापछि मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् । पूर्व-पश्चिम् राजमार्ग बन्द भएपछि गाडी सडकमै रोकिएका छन् ।

मृतकको शव घटनास्थानमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?