+
+

करण केसीले ग्लोबल क्वालिफायर गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते ९:१७

३ फागुन, काठमाडौं । यही फेब्रुअरी १८ देखि ओमानमा सुरु हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए सुरु हुनुअघि नेपाली क्रिकेट टिमलाई झड्का लागेको छ ।

नेपाली टिमको मुख्य फास्ट बलर करण केसी घाइते रहेका कारण उनले क्वालिफायर गुमाउने भएका छन् । करणले ओमानमै सोमबार सम्पन्न चारदेशीय टी-२० सिरिज पनि खेलेनन्।

नेपाली टिममा रहेका १७ खेलाडीमध्ये १६ खेलाडीले सिरिजमा खेल्दा करणले मात्र खेलेनन् । ढाडको समस्याका कारण करण पूर्ण फिट छैनन् । करण अनफिट रहेकाले उनी नेपाल फर्कने र उनको स्थानमा अर्को बलर पठाइने क्यान स्रोतले जनाएको छ ।

करणको स्थानमा युवा फास्ट बलर गुल्शन झालाई ओमान पठाउने तयारी भइरहेको छ ।

चोटकै कारण फास्ट बलर सोमपाल कामी ओमान टुरमा गएनन् । करण पनि नभएपछि नेपाली टिममा अहिले अविनाश बोहरा, कमल सिंह ऐरी र जितेन्द्र मुखिया मात्र छन् ।

अविनाशले २०१९ र कमलले २०२१ मा टी-२० मा डेब्यु गरेका थिए । जितेन्द्र भने ७ वर्षपछि टी-२० टिममा फर्किएका हुन् ।

लोअर अर्डरमा ब्याटिङसमेत गर्न सक्ने सोमपाल र करण जस्ता खेलाडीहरू नहुँदा नेपालीलाई समस्या पर्न सक्छ । ओमान टुरमै डेब्यु गरेका विवेक यादव र लोकेश बम जस्ता खेलाडी फिनिसरको रुपमा टिममा रहन सक्छन् ।

ग्लोबल क्वालिफायरको लागि आज नेपालको अन्तिम टोली घोषणा हुनेछ ।

क्वालिफायरमा समूह ए मा रहेको नेपालले ओमान, क्यानडा र फिलिपिन्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?