+
+

कानुन मन्त्री बडू र अस्ट्रेलियन राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १७:१३

३ फागुन, काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानुन मन्त्री बडू र अस्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल र अस्ट्रेलियाको दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेलगायत विविध समसामयिक विषयमा छलफल भयो ।

मन्त्री बडूले नेपालको विकासका लागि अस्ट्रेलियाले विविध क्षेत्रमा गरिरहेको सहयोग र कोभिड–१९ महामारी नियन्त्रण गर्न स्वाथ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिए ।

यस्तै नेपाल र अस्ट्रेलियाबीच सरकार र सरकारबीच मात्र नभई सामाजिक रुपमा समेत बलियो सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यका रुपमा रहेको अस्ट्रेलियामा पढ्नपाठन सहज हुने व्यवस्थाका लागि उनले राजदूत भोल्कको ध्यानाकर्षण गराए ।

जवाफमा नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले नेपाल पुरानो मित्र राष्ट्र भएकाले आगामी दिनमा सहयोगको क्षेत्र बढाएर सहकार्य गर्न तयार रहेको बताइन् ।

उनले अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई अध्ययनका लागि थप सहज वातावरण बनाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?