+
+

नबिल बैंक सीईओ ढुंगानाको कार्यकाल पुनः २ वर्ष थप

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १७:५७
फाइल तस्वीर

३ जेठ, काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगानालाई थप २ वर्षका लागि नियुक्त गरेको छ ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि १७ असार २०७९ मा २ वर्षका लागि ढुंगानालाई सीईओमा नियुक्त गरेको थियो ।

२ जेठमा बसेको बैंक सञ्चालक समितिको बैठकले १७ असार २०८१ देखि लागु हुने गरी ढुंगानालाई सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव बटुलीसकेका ढुंगानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि नियुक्त गरेको बैंकले जनाएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गरेका ढुंगाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने व्यक्तिको रूपमा परिचित छन् ।

पेशाले चार्टड एकाउन्टेन्ट रहेका ढुंगानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ लगानीको क्षेत्रमा विशेष दख्खल रहेको मानिन्छ ।

नेपाल बंगलादेश बैंक नबिलमा गाभिनु अगाडि ढुंगाना तत्कालीन नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?