+
+
Shares

‘इम्पेरिमेन्ट चार्ज’ घट्दा नबिल बैंकको नाफा ३३ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते ९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
  • यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.९ प्रतिशत बढी हो।
  • बैंकको निष्क्रिय कर्जा ४.९६ प्रतिशतबाट घटेर ४.३७ प्रतिशत पुगेको छ।

१५ वैशाख, काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म (९ महिना)मा ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.९ प्रतिशत बढी हो। पहिले यस्तो नाफा ५ अर्ब ५ करोड थियो । खुद ब्याज आम्दानी बढ्नु र लोन लस प्रोभिजन (इम्पेरमेन्ट चार्ज) घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढेको छ ।

नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २ पैसा छ, पहिले यस्तो आम्दानी २५ रुपैयाँ ५ पैसा थियो। बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३७ करोड रुपैयाँ छ ।

प्रतिसेयर वितरणयोग्य नाफा २१.१६ रुपैयाँ हो । बैंकको प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ ३० पैसा छ । ३२ अर्ब ५ करोड चुक्ता पूँजी तथा जगेडा कोषको आकार ३४ अर्ब ४० करोड छ ।

बैंकको निष्क्रिय कर्जामा सुधार भएको छ । पहिले निष्क्रिय कर्जा ४.९६ प्रतिशत रहेकोमा चैत मसान्तसम्म ४.३७ प्रतिशत छ । आधार दर घटेर ४.६५ प्रतिशतमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?