News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकले नयाँ वर्ष २०८३ को सुरुवातमा आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनःपरिभाषित गरेको छ।
- बैंकले 'नेपालको सबैभन्दा विश्वासिलो एवम् भरपर्दो र भविष्यका लागि तयार बैंक बन्ने' उद्देश्य लिएको छ।
- नबिल बैंकले पाँच 'टी' का स्तम्भमार्फत विश्वास, पारदर्शिता, प्रतिभा, प्रविधि र रूपान्तरणलाई आफ्नो मूल्यमान्यता बनाएको छ।
२ वैशाख, काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनःपरिभाषित गरेको छ । नबिलले ‘नेपालको सबैभन्दा विश्वासिलो एवम् भरपर्दो र भविष्यका लागि तयार बैंक बन्ने’ उद्देश्य लिएको छ।
‘विश्वस्तरीय नेपाली बैंक बन्ने ध्येयका साथ, उद्देश्यबाट प्रेरित, विश्वास, अनुशासन र अनुपालनमा आधारित, नवीनताद्वारा सञ्चालित, सुशासन, वातावरणीय, सामाजिक, प्रशासनिक दायित्वले निर्देशित र सेवाग्राहीलाई प्राथमिकता दिँदै उत्कृष्टता प्रदान गर्न प्रतिबद्ध छौं’ बैंकले भनेको छ ।
बैंकिङ प्रणाली द्रुत गतिमा परिवर्तन भइरहेको समयमा दीर्घकालीन मार्गचित्रको आवश्यकता महसुस गर्दै बैंक रूपान्तरणको बाटोमा अग्रसर भएको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए।
‘सेवाग्राही केन्द्रित विश्वस्तरको नेपाली बैंक बन्ने उद्देश्यका साथ हामीले बैंकको उद्देश्य, लक्ष्य र मूल्यमान्यतालाई पुनः परिभाषित गरेका छौं,’ ज्ञवालीले भने। रूपान्तरित मूल्य मान्यतामा सेवाको उत्कृष्टतालाई मानकका रूपमा लिएको बताउँदै उनले भने, ‘डिजिटल माध्यमलाई प्राथमिकता दिई, मानव स्रोत र नेतृत्व विकासमा निरन्तर लगानी गर्दै जवाफदेहिता र सहकार्यको बलियो संस्कृतिलाई बढावा दिनेछौं।’
बैंकले आफ्ना मूल्यमान्यतालाई पाँच ‘टी’ का स्तम्भमार्फत अभिव्यक्त गरेको छ, जसमा छन् विश्वास (ट्रस्ट), पारदर्शिता (ट्रान्सपरेन्सी), प्रतिभा (ट्यालेन्ट) प्रविधि (टेक्नोलोजी र रुपान्तरण (ट्रान्सफर्मेसन)।
यी मूल्यमान्यता पञ्चतत्त्व दर्शनमा आधारित भएको उल्लेख गर्दै बैंकले धरतीले विश्वासलाई, पानीले पारदर्शितालाई, आगोले प्रतिभालाई, वायुले प्रविधिलाई र आकाशले रूपान्तरणलाई प्रतिनिधित्व गरेको बताएको छ । यी तत्त्व मिलेर बैंकको संस्कृति, निर्णय प्रक्रिया र दीर्घकालीन विकासलाई निर्देशित गर्ने सन्तुलित र एकीकृत संरचना प्रदान गर्ने बैंकले विश्वास लिएको छ।
प्रतिक्रिया 4