+
+
Shares

अध्यक्ष चौधरीले गरे नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले विश्व पानी दिवसको अवसरमा १२३ विद्यालयमा शुद्ध खानेपानी उपलब्ध गराउने 'नबिल स्वच्छ खानेपानी अभियान' शुभारम्भ गरेको छ।
  • बैंकका अध्यक्ष निर्वाण चौधरीले डिजिटल माध्यमबाट अभियान सुरु गर्दै एक लाखभन्दा बढी विद्यार्थीलाई शुद्ध पानी उपलब्ध गराएको जानकारी दिनुभयो।
  • अभियानले सात वटै प्रदेशका सरकारी र सामुदायिक विद्यालयमा स्वच्छता र स्वास्थ्य सुधारमा केन्द्रित काम गर्दै आएको छ।

८ चैत, काठमाडौं । नबिल बैंकले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ को शुभारम्भ गरेको छ ।

बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरे । अभियानले विद्यालयमा अध्ययनरत् बालबालिकामा शुद्ध खानेपानी उपलब्ध गराउँदै सुरक्षित वातावरण प्रदान गरेको चौधरीले उल्लेख गरे ।

‘नबिल बैंकले सुरु गरेको अभियानमार्फत हालसम्म १२३ विद्यालयमार्फत एक लाखभन्दा बढी विद्यार्थीलाई शुद्ध खानेपानी प्रदान गर्न सफल भएका छौं’, उनले भने ‘यो परियोजना सञ्चालन गर्न पाउँदा हामीलाई गर्व छ, आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन र विस्तार गरिनेछ ।’

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु भएको उक्त अभियान विद्यार्थीको स्वास्थ सुधार, सरसफाइ प्रवर्द्धन र खानेपानीको दिगो पहुँच सुनिश्चित गर्नमा केन्द्रित छ । बैंकले सरकारी र सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

यो अभियान मुलुकका सात वटै प्रदेशमा सञ्चालन गरिएको छ । बैंकका अनुसार अभियानअन्तर्गत हालसम्म कोशी प्रदेशका आठ, मधेश प्रदेशका १६, बागमती प्रदेशका नौ, गण्डकी प्रदेशका १०, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशका १५ र सुदूरपश्चिम प्रदेशका २९ वटा विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । यो अभियानमा स्मार्ट पानीको प्राविधिक सहयोग रहेको जनाइएको छ ।

नेपालका विद्यालयहरुमा स्वच्छ र सुरक्षित पिउने पानीको पहुँच अझै पनि एक प्रमुख चुनौतीका रुपमा रहेको छ । नेपाल सरकारको तथ्यांकअनुसार करिब ९८ प्रतिशत विद्यालयमा पिउने पानीको पहुँच छ, त्यसमध्ये करिब ६८ प्रतिशत विद्यालयमा पानी शुद्धीकरण गर्ने प्रणाली नै छैन । उक्त समस्यालाई सम्बोधन गर्नका लागि नबिल बैंकले विद्यालय सरसफाइ र स्वच्छता कार्यक्रम प्रमुख प्राथमिकताका साथ सञ्चालन गरेको जनाएको छ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?