+
+

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १८:२०

३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका थिए । उनले राष्ट्रपतिको पत्र पढेर सुनाउँदै गर्दा कांग्रेस सांसदले निरन्तर नाराबाजी गरिरहे ।

त्यहीबीचमा सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नको लागि समय दिए । कांग्रेस सांसदहरूले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन अवरोध गरेपछि सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच धकेलाधकेल भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद धनराज गुरुङ भनाभनमा उत्रिए ।

सांसदहरूबीच धकेलाधकेल र भनाभना भएपछि सभामुख घिमिरेले भोलि बिहानसम्मका लागि बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?