+
+

एप्पलले ल्याउँदै नयाँ एप, अब पासवर्ड सम्झिनु पर्दैन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते ८:५९

एप्पलको वार्षिक सम्मेलनको रुपमा रहेको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२४ सोमबारदेखि सुरु हुँदैछ।

जुन १४ सम्म चल्ने उक्त बहुप्रतिक्षित कार्यक्रममा एप्पलले आफ्ना विभिन्न सफ्टवेयरहरु घोषणा तथा सार्वजनिक गर्ने गरेको छ ।

यसपटकको डेभलपर्स कन्फ्रेन्समा आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित विभिन्न ठूला घोषणाहरू समेत हुने अपेक्षा गरिएको छ  ।

साथै यसपटक एप्पलले एउटा नयाँ एप समेत लञ्च गर्ने समाचारहरु समेत सार्वजनिक भइरहेका छन् । उक्त एपको नाम Passwords रहनेछ।

उक्त एपको काम कुनै पनि वेबसाइट वा सफ्टवेयरमा लगइनको प्रक्रियालाई सहज बनाउनु हो।

यसको नामजस्तै काम हुनेछ । यो एपले आइक्लाउड‍को चेनमा काम गर्नेछ, जसले प्रयोगकर्ताका लागि पासवर्ड सिर्जना गर्नेछ र त्यसलाई स्टोर पनि गर्नेछ।

नयाँ अपरेटिङ सिस्टममा पासवर्ड एप आबद्ध

एप्पलको उक्त नयाँ एप पासवर्ड अपरेटिंग सिस्टम आईओएस १८, आइप्याड अपरेटिङ एप १८ तथा म्याक अपरेटिङ सिस्टम १५ को हिस्सा हुनसक्छ ।

यी अपरेटिङ सिस्टमहरू आइफोन, आइप्याड तथा म्याकका सबैभन्दा पछिल्ला अपरेटिङ सिस्टमको रुपमा रहनेछन् ।

एप्पलले ल्याउने अपेक्षा गरिएको नयाँ एप पासवर्डको जस्तै फिचर यसअघि एप्पल सेटिङ्स एपमै जोडिएको थियो र कुनै वेबसाइटमा लगइनका बेला पप अप हुन्थ्यो ।

के छ यो एपमा विशेष ?

पासवर्डस् एपले नयाँ पासवर्ड सिर्जना गर्नुका साथै प्रयोगकर्ताका विभिन्न लगइन क्रेडेन्सियलहरुलाई संग्रहित समेत गर्नेछ ।

यसको सहयोगबाट प्रयोगकर्ताले पासवर्ड तथा अकाउन्टका विवरणहरुलाई एप्पल डिभाइसमा सिंग गर्न सक्नेछ । यसमा प्रयोगकर्तालाई पासवर्डलाई विभिन्न वर्गमा विभाजन गर्ने सुविधासमेत हुनेछ ।

अर्थात् प्रयोगकर्ताले सोसल मिडिया, वाइफाइ तथा अन्य तरिकाबाट पासवर्डहरुलाई फरक-फरक वर्गमा विभाजन गरेर संग्रहित गर्न सक्दछन् । यसका साथै यो एपमा अटो फिलको सुविधा पनि हुनेछ ।

एप्पलको यो पटकको डेभलपर्स कन्फ्रेन्समा पासवर्डस् एपका अलावा नोटिफिकेसन समरी, इन्स्ट्यान्ट फोटो एडिटिङ, एआई जेनेरेटेड इमोजी तथा उत्कृष्ट सिरीको समेत घोषणा गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?