+
+

पशु हिंसा ‘धर्म’ होइन, पाप हो : स्वामी आनन्द विनोद 

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १८:१६

कुनै पनि धर्मशास्त्रमा पशुबलिको कुरा गरिएको छैन । भागवतमा स्पष्ट भनिएको छ- ‘अरूलाई दुखाउनु, पीडा दिनु पाप हो । परपीडा पाप हो । परोपकार धर्म हो ।’

कुनै प्राणीलाई हत्या गरेर धर्म होइन, पाप हुन्छ ।

‘बलि’को अर्थ खासमा आफूलाई चढाउनु हो । आफूलाई समर्पित गर्नु हो । ‘काम, लोभ, मोह, अहंकार, क्रोध हाम्रो विकार हुन् । यी पञ्चविकार हुन्, जसलाई बलि दिनुपर्छ । गढीमाईमा भने सेतो मुसा, परेवा, हाँस, सुँगुर, राँगा आदिलाई पञ्चबलि भनी हत्या गर्ने चलन छ ।

गढीमाई मेला हरेक पाँच वर्षमा लाग्ने गर्छ । गढीमाई मेलामा विश्वकै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ । मेलामा आफ्नो भाकल पूरा गर्न भन्दै हजारौं मान्छे पशुबलि चढाउनका लागि त्यहाँ ओइरो लाग्ने गरेको छ । मन्दिरमा पशुबलि चढाउँदा गढीमाई देवीले मनको कुरा पूरा गर्ने अन्धविश्वास वर्षौंदेखि कायम रहेको हो । गढीमाईलाई धार्मिक गन्तव्यको रुपमा लिइने गरिन्छ ।

हरेक पाँच वर्षमा बारामा गढीमाई मेला लाग्छ । सो मेलामा नेपालको विभिन्न ठाउँबाट मात्र नभई छिमेकी मुलुक भारतबाट पनि भक्तजनहरू हजारौंको संख्यामा आई यस मेलामा सहभागी हुने गर्छन् । जनमानसमा यस मेलामा सहभागी भई पशु बलि दिएमा आफूले चाहेको मनोइच्छाको परिपूर्ति हुने भन्ने धारणालाई अन्धविश्वासको डोरीले कस्सिएर बाँधिएको छ ।

एउटा कालखण्डमा तान्त्रिक पद्धतिअनुसार बलिप्रथाको चलन चलेको हो । पछि जिब्रोको स्वादमा रुमल्लिनेहरूले यसलाई निरन्तरता दिए । मान्छेले आफ्नो स्वाद र स्वार्थ पूरा गर्न अबोध प्राणीलाई हत्या गरिरहेका छन् । यसले कसैको मनोकांक्षा पूरा हुँदैन । यो अन्धविश्वास र धुर्त्याइँ मात्र हो ।

पशु अधिकारकर्मीहरूले सन् २००९ देखि नै पशुबलि विरुद्ध आवाज उठाउँदै आएका थिए । त्यसको दबाबमा सन् २०१४ देखि पशुबलि आधाभन्दा कम भएको बताइन्छ । पशुबलिरहित गढीमाई सम्भव छ र पशुपक्षीको बली दिएर देवी खुसी हुन्छिन् भन्ने अन्धविश्वास, कुप्रथा र कुसंस्कृतिको परित्याग गर्दै आउँदो गढीमाई मेलालाई पशुपक्षी हिंसारहित गढीमाई मनाउनुपर्ने पशु अधिकारकर्मी स्नेहा श्रेष्ठ बताउँछिन् । ।

यस अन्धविश्वासको आडमा मात्रै लाखौंको संख्यामा पशुपक्षीको बलि दिइने कुप्रथालाई पशु बलिरहित गढीमाई मेला मनाउनका निम्ति पशु कल्याण संघ नेपालले लामो समयदेखि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

यस अगाडिको गढीमाई मेलामा पशु कल्याण संघ नेपालले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका कारण पशु बलिको संख्यामा निकै कमी आएको थियो ।

सर्वोच्च अदालतले पशु बलि दिने प्रथामा नियन्त्रण गर्न, पशु बलिको कारणबाट स्थानीय वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन, पशुपक्षीउपर निर्दयी, बर्बर वा क्रूर व्यवहार हुन नदिन निर्देशनात्मक आदेश जारी गरेको थियो । तर यत्तिका वर्षसम्म पनि अदालतको आदेशको पालना नभएकोमा पशु कल्याण संघ नेपालको तर्फबाट अधिवक्ता रामकृष्ण बन्जाराले अदालतको अवहेलना भएको भन्दै मुद्दा दर्ता गरेका छन् ।

नेपालमा पशु कल्याणसम्बन्धी प्रचलित कानुनहरूमध्ये मुलुकी अपराध संहिता, २०७४, पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५  यसको नियमावली २०५६, पशु वधशाला र मासु जाँच ऐन, २०५५ र यसको नियमावली, २०५७,  पशु ढुवानी मापदण्ड, २०६४, पशु कल्याण निर्देशिका, २०७३, पशुप्रति निर्दयी व्यवहार रोक्नका लागि समिति गठन २०७८ लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?