+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नरेन्द्र मोदी मन्त्रिपरिषदमा को को भए मन्त्री ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते २१:२३

२७ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा भएको भव्य शपथ समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभिन्न देशका प्रमुख पनि उपस्थित थिए ।

प्रधानमन्त्री मोदीले आइतबार नै ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा ३१ क्याबिनेट मन्त्री छन्, ५ स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री छन् ।

भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट मोदीको अघिल्लो कार्यकालका मन्त्रीहरु नै दोहोरिएका छन् ।

रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, रोड तथा होइवे मन्त्री नितिन गडकरी, अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले फेरि मन्त्री बनेका छन् ।

उनीहरुको मन्त्रालय भने तोकिएको छैन । भाजपा अध्यक्ष जेपी नाड्डा पनि मन्त्री बनेका छन् । मोदी मन्त्रिपरिषद्‍मा अधिकांश पुरानै अनुहार छन् । ९ जना भने नयाँ अनुहार आएका छन् ।

को को भए क्याबिनेटमन्त्री ?

राजनाथ सिंह

अमित शाह

नितिन गडकरी

जेपी नाड्डा

शिवराज सिंह चौहान

निर्मला सीतारमण

एस जयशंकर

मनोहर लाल खट्टर

एसडी कुमारस्वामी

पियुष गोयल

धर्मेन्द्र प्रधान

जीतनराम माझी

राजीव रञ्जन सिंह उर्फ ललन सिंह

सर्बानन्द सोनोवाल

वीरेन्द्रकुमार

राममोहन नाडयू

प्रह्लाद जोशी

जुएल उरांव

गिरिराज सिंह

अश्विनी वैष्णव

ज्योतिरादित्व सिन्धिया

भूपेन्द्र यादव

गजेन्द्र सिंह शेखावत

अन्नपूर्णा देवी

किरेन रिजिजू

हरदीप सिंह पुरी

खनसुख मान्डविया

जी किशन रेड्डी

चिराग पासवान

एसआर पाटिल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?