+
+

सातदोबाटो स्वीमिङ पुलमा डुबेर युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते २१:१९

२७ जेठ, काठमाडौं । काठमाडौंको सातदोबाटोस्थित स्वीमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ ।

आइतबार दिउँसो पौडी खेल्ने क्रममा ललितपुरको महांकाल गाउँपालिका- ३ घर भई ललितपुर महानगरपालिका-१७ बाफल बस्ने २३ वर्षका उज्जल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

साढे ११ बजे पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका उनलाई उद्दार गरेर बीएण्डबी अस्पतालमा उपचारका लागि लगिएकव थियो । तर चिकित्सकले ३ बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?