+
+

बालाजुमा बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १०:२७

५ फागुन, काठमाडौं । बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।

बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरूलाई ठक्कर दिएर बससहित चालक फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?