+
+

सुनको मूल्यमा उतारचढाव, के भयो आज ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १२:२७

५ फागुन, काठमाडौं । सुनको मूल्यमा केही दिनयता तीव्र उतारचढाव देखिएको छ । बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । बुधबार तोलामा १६ सय रुपैयाँले घटेको मूल्य बिहीबार एक हजार रुपैयाँले नै बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार एक सय र तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलमा ९५ हजार एक सय र तेजावी सुन ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?