+
+

सुन तोलाको १ लाख २५ हजार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते ११:२०

२४ फागुन, काठमाडौं ।  सुनले तीन दिनयता दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । बिहीबार एकैदिन अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ रहेको सुन बिहीबार १ लाख २५ हजार पुगेको छ । विगत २१ दिनमा सुनको मूल्य ८ हजार ५ सय रुपैयाँ बढिसकेको छ। यसअघि फागुन ३ गते तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । चाँदी बिहीबार प्रतितोला १ हजार ४७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ हजार ४४० रुपैयाँ थियो । चाँदीको मूल्यले भने यसअघिका रेकर्ड तोड्न सकेको छैन । यसअघि पुस १२ गते चाँदीको मूल्य १ हजार ४ सय ९० रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?