+
+

नयाँबानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन

विकास श्रेष्ठ र चन्द्र आले विकास श्रेष्ठ र चन्द्र आले
२०७८ फागुन ६ गते १२:४८

६ फागुन, काठमाडौं । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटलनेर रोकेको छ । बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ । प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्ने गाडी पनि तैनाथ गरिएको छ । गत बुधबार बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन चर्किंदा स्थिति तनावग्रस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?