+
+

सुजलकाे पेनाल्टी गाेलमा मच्छिन्द्रसँग थ्रीस्टार पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते १९:५०

७ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले थ्रीस्टार क्लबलाई १-० ले पराजित गर्दै अपराजित यात्रा कायम राखेकाे छ ।

च्याम्पियन बनेपछिकाे पहिलाे खेलमा मच्छिन्द्रलाई जिताउन कप्तान सुजल श्रेष्ठले खेलकाे अन्तिम समयमा पेनाल्टीमार्फत गाेल गरे । दशरथ रंगशालामा भएको खेलमा इन्जुरी समयको पाँचाैं मिनेटमा सुजलले गाेल गरे ।

मच्छिन्द्रका अभिषेक गुरुङलाई फल गरेको विषयमा रेफ्रीसँग विवाद गरेको भन्दै थ्रीस्टारका जीवन गुरुङले रातो कार्ड खाँदै मैदा छाडेका थिए । त्यसपछि थ्रीस्टार क्लब १० खेलाडीमा सिमित भएको हो । त्यसैमा प्राप्त पेनाल्टीमा सुजलले गाेल गरेका हुन् ।

११औं चरणमै लिग विजेता बनिसकेको मछिन्द्रले १२ खेलबाट ३२ अंक जाेडेकाे छ । थ्रीस्टार भने १२ खेलबाट १८ अंकसहित चौथो स्थानमा रहेको छ।

खेलको १७औं मिनेटमा थ्रीस्टारका राफेल विडिएस रिमले हानेको फ्रीकिक पहिलो बारबाट बाहिरिन पुगेको हो । १९औं मिनेटमा हेमन्त थापा मगरले हानेको बल मच्छिन्द्राक  विशाल श्रेष्ठले पञ्च गरेका थिए ।

२२औं मिनेटमा मच्छिन्द्रले पाएको कर्नरलाई अभिषेक रिजालले गरेको हेडिङ प्रिसो एन्जन्गाले क्याच गरेका थिए ।

२३औं मिनेटमा थ्रीस्टारका गोलरक्षक गुल्लियम प्रिसो एन्जन्गालाई विट गर्दै नुर्लान नोभ्रुजोभले हानेको बलले नेट नजिकै पुग्दै गर्दा थ्रीस्टारका निशान खड्काले क्लियर गरिदिए ।

४४औं मिनेटमा देवेन्द्र तामाङले पेनाल्टी बक्स बाहिरबाट हानेको फ्रीकिक गुललियम प्रिसो एन्जन्गाले क्याच गरे ।

त्यस्तै खेलको ४८औं मिनेटमा थ्री स्टारका हेमन्त थापामगरले हानेको फ्रीकिक पोस्टको केही इन्चमाथिबाट बाहिरिएको थियो ।

थ्रीस्टारका घनिफो रोमाहले ५१औं मिनेटमा १८ यार्ड टाढाबाट हानेको बल सेकेन्ड बारको नजिकैबाट बाहिरिएको थियो ।  खेलको ६९औं मिनेटमा मच्छिन्द्रका अभिषेक गुरुङले हानेको बल पहिलो बारको बाहिरबाट जालीमा लागेको हो ।

खेलको ८५औं मिनेटमा सुजलले हानेको फ्रीकिक थ्रीस्टारको डिफेन्स टोलीले रोकेको थियो । त्यस्तै ८७औं मिनेटमा मच्छिन्द्रका विमल घर्ती मगरले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार दोस्रो बार हुँदै बाहिरिएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?