
कार्यव्यवस्था परामर्श समितिको बैठक । तस्वीर : सभामुखको सचिवालय
८ फागुन, काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा सहभागी छैन ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद बैठकको कार्यसूची तय गर्ने छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसीसी अनुमोदनको प्रस्ताव संसद बैठकमा पेश गर्ने सहमति जनाएको थियो ।
यसअघिका बैठकमा दलीय सहमति नभएको भन्दै सभामुख अग्नि सापकोटाले एमसीसीलाई कार्यसूचीमा राखेका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4