+
+

प्रधानमन्त्रीलाई वायुसेवा सञ्चालकहरुको पत्र : अनिवार्य पीसीआर हटाऔं

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १४:३८

८ फागुन, काठमाडौं । वायुसेवा सञ्चालकहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रलेखी नेपालमा हवाई यात्राका दौरान अनिवार्य रहेको पीसीआर परीक्षणको व्यवस्था हटाउन माग गरेका छन् ।

विश्वभर कोरोना संक्रमणको दर घट्दै गएको र स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताले समेत आगामी दिनमा कोरोनाको प्रभाव कम हुने बताएको भन्दै व्यवसायीले नेपालमा समेत अब कडा प्रतिबन्धहरु खुकुलो बनाउन माग गरेका हुन् । वायुसेवा सञ्चालकले पीसीआर टेस्ट र आइसोलेसनमा लाग्ने ठूलो खर्च विस्थापित गरि खोप लगाउन गरिएको अन्तर्राष्ट्रिय आह्वानलाई नेपालमा समेत अनुशरण गर्न भनिएको हो ।

नेपालमा कुल जनसंख्याको ८६ प्रतिशतले दुवै डोज लगाइसकेको भन्दै बुस्टर डोज समेत दिन थालिएकोले अब कोरोनाको संक्रमण फैलिने सम्भावना कम रहेको वायुसेवा सञ्चालकले उल्लेख गरेका छन् ।

छिमेकी मुलुक भारत, भियतनाम तथा यूरोपेली मुलुकमा समेत हवाई यात्रामा खोप मात्र अनिवार्य गरिएको भन्दै पीसीआर हटाउन माग गरिएको हो । यसले नेपालमा पर्यटक आगमन बढाउने संचालक संघको भनाई छ । अर्कोतर्फ सीसीएमसीको झन्झटिलो फारम भर्नु पर्ने अनिवार्य व्यवस्था समेत हटाउन माग गरिएको छ । यसबीचमा नेपालमा रहँदा पर्यटकले स्वास्थ्य सम्बन्धी प्रोटोकल पालनामा भने सघंको प्रतिवद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?