+
+

भारतमा दुर्घटना हुँदा बेहुलासहित ९ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १५:४१

८ फागुन, काठमाडौं । भारतको राजस्थानमा दुर्घटना हुँदा बेहुलासहित ९ जनाको ज्यान गएको छ । जन्ती लिएर बेहुलीको घर जाने क्रममा बेहुला चढेको कार नदीमा खस्दा उक्त दुर्घटना भएको हो ।

आइतबार बिहान राजस्थानको कोटा जिल्लास्थित चम्बल नदीमा मध्य प्रदेशको उज्जैनतर्फ जन्तीसहित हिँडेको कार खसेको भारतीय समाचार माध्यमले जनाएका छन् । दुर्घटनामा परी कारमा सवार बेहुलासहित ९ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।

पुल हुँदै चम्बल नदी पार गर्ने क्रममा कार अनियन्त्रित भइ नदीमा खसेको प्रहरीले जनाएको छ । ७ फिटमुनि पानीमा डुबेको कारबाट सुरुमा ७ जनाको शव निकालिएको थियो भने बाँकी २ जनाको शव पछि फेला परेको प्रहरीको भनाइ छ ।

दुर्घटना भएको खबर पाएलगत्तै बसमा सवार अन्य जन्ती घटनास्थलमा पुगेका थिए । समाचार अनुसार दुर्घटनामा ज्यान गुमाउने बेहुलाको नाम २३ वर्षीय अभिनाश रहेको छ । त्यस्तै, ३० वर्षका केशव, ३५ वर्षका इस्लाम खान, २२ वर्षका कुशल, २३ वर्षका शुभम, २५ वर्षका राहुल, २२ वर्षका रोहित, २४ वर्षका विकास र ३५ वर्षका मुकेश नामक व्यक्तिको मृत्यु भएको कोटो जिल्लाका एसपी केशर सिंह शेखवटले बताए ।

शेखवन्तका अनुसार आजै हुन लागेको विवाहमा बेहुलीको घर जन्ती लिएर जाने क्रममा उक्त दु:खद घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?