+
+

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १७:२६

८ फागुन, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबका एक-दुई दिन देशका पहाडी भू-भागमा वर्षाको सम्भावना छ ।

मौसमविद् विनु महर्जनका अनुसार आइतबार राति पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सोमबार पनि पहाडी क्षेत्रमा हल्का वर्ष र उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । मौसम बदली भएका कारण तापक्रम पनि केही घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री र अधिकतम तापक्रम २०.७ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.८ आठ डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २६.३ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?