+
+

अष्ट्रेलियाले खोल्यो २ वर्षपछि अन्तर्राष्ट्रिय सीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १२:२२

९ फागुन, काठमाडौं । अष्ट्रेलियाले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि सीमा खुला गरेको छ । योसँगै पूर्ण कोभिड खोप लगाएका अन्तर्राष्ट्रिय यात्रु अष्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन् ।

अष्ट्रेलियाले कोभिड-१९ का कारण २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय यात्रामाथि विश्वकै कडा प्रतिबन्ध लगाएको थियो । तर सीमा पुन: खुल्ने भएपछि पारिवारिक पुनर्मिलन हुने र पर्यटनलाई बल पुग्ने बीबीसीले जनाएको छ ।

सीमा खुला भएसँगै अष्ट्रेलियाको एक राज्यबाहेक सबै राज्यमा अबदेखि अन्तर्राष्ट्रिय यात्रु प्रवेश गर्न पाउने छन् । पश्चिमी अष्ट्रेलियामा भने ३ मार्चपछि मात्रै प्रवेश गर्न पाउने र प्रवेश गर्नेले कोभिड खोपको तेस्रो मात्रा लगाएको हुनुपर्ने छ ।

पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुले क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ । तर खोप नलगाएका यात्रुले भने आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा क्वारेन्टाइनमा बस्नु पर्ने सरकारले प्रस्ट पारेको छ ।

सोमबार अष्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ । सिड्नी विमानस्थलमा उडानमार्फत् सैयौं मानिस आएपछि भावुक पुनर्मिलनको दृश्य देखिएको समाचारमा उल्लेख छ । त्यहाँ गत वर्षदेखि नै नागरिक, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश गर्न दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?