+
+

महालक्ष्मीले १३ गतेका लागि बोलायो स्थगित साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १९:०६

९ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंकको लामो समयदेखि स्थगित साधारणसभा आगामी १३ गते बस्ने भएको छ । आन्तरिक विवाद र अदालतको आदेका कारण बैंकको साधारणसभा पटक पटक स्थगित हुँदै आएको थियो ।

गत पुस २५ गते गणपुरक संख्या नपुगी स्थगित भएको र पुन मिति २०७८ माघ ३ गते बोलाइएको साधारणसभा अदालतको आदेश पछि स्थगित भएको थियो । साधारणसभा नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो । अदालतले आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने गरी अर्को आदेश जारी गरिसकेको भन्दै बैंकले आगामी शुक्रबारका लागि साधारणसभा बोलाएको हो ।

वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरु सभामा पेश गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?