+
+

रुसले पूर्वी युक्रेनमा सेना पठाउने भएपछि विश्‍व शेयर बजारमा गिरावट, तेलको मूल्य हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १२:१३

१० फागुन, काठमाडौं । पूर्वी युरोपका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै शान्ति स्थापनाका लागि सेना पठाउने रुसको निर्णयपछि विश्व बजार तरङ्गित बनेको छ ।

रुसको पछिल्लो कदमसँगै विश्व शेयर बजारमा गिरावट आएको छ भने तेलको मूल्य बढेको छ । त्यस्तै,  लगानीका लागि सुरक्षित ठानिने सुनप्रति आकर्षण बनेको छ । मंगलबार एमएससीआईको एसिया प्रशान्त क्षेत्रको शेयर १. ४४ प्रतिशतले घटेको छ ।

बजार खुल्नेबित्तिकै जापानको निकेइको कारोबार २ प्रतिशत, एसएण्डपीको १.५ प्रतिशत र नस्दकको २.२ प्रतिशतले घटेको छ । यता रुसी मुद्रा रुबल १८ यताकै न्यून बिन्दुमा झरेको छ ।

तर शेयर बजारमा गिरावट आएपनि कच्चा तेलको मूल्य भने हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । ब्रेन्ट नामक कच्चा तेलको मूल्य २ प्रतिशतले वृद्धि भइ प्रति ब्यारेल ९७.२१ अमेरिकी डलर पुगेको छ । जुन ७ वर्षयताकै उच्च हो । रुसले इन्धन निर्यात अवरुद्ध हुने चिन्ताका कारण तेलको मूल्य उच्च बिन्दुमा पुगेको हो ।

त्यस्तै, लगानीका लागि सुरक्षित ठानिने सुनको भाउ बढेर प्रति औंन्स (२८.३४ ग्राम) १९११.५६ अमेरिकी डलर पुगेको छ । जुन ६ महिनायताकै धेरै हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका डोनेट्स्क र लुहान्सक क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै ती क्षेत्रमा शान्ति सेना पठाउनेसम्बन्धी आदेशमा हस्ताक्षर गरेपछि विश्व बजार अत्तालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?