+
+

रुस र युक्रेन जान श्रम स्वीकृति नदिने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते २१:५२

३० चैत, काठमाडौं । सरकारले युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार सूचना निकालेर श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

श्रम स्वीकृति दिँदा युद्धरत देशको सेनामा सहभागी हुनसक्ने र त्यसबाट सृजना हुनसक्ने मानवीय जोमिखलाई हेरेर अर्को व्यवस्था नभएसम्म रुस र युक्रेन जाने नेपाली कामदारलाई पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगत गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?