+
+

रुसलाई पहिलो झड्का : जर्मनीले नर्ड स्ट्रिम ग्याँस पाइपलाइन रोक्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १८:२२

१० फागुन, काठमाडौं । जर्मन चान्सलर ओलाफ सोल्सले रुसी ग्याँस बोक्ने नर्ड स्ट्रिम-२ नामक पाइपलाइनलाई प्रमाणीकरण प्रक्रिया रोक्न निर्देशन दिएका छन् ।

रुसले पूर्वीयुरोपका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै शान्ति सेनाको नाममा फौज पठाएपछि जर्मन चान्सलरले यो कदम चालेका हुन् ।

मंगलबार बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा चान्सलर सोल्सले नियामक निकायलाई नर्ड स्ट्रिम-२ ग्याँस पाइपलाइनको प्रमाणीकरण प्रक्रिया रोक्न निर्देशन दिइएको बताएका छन् । उनले भनेका छन्, ‘यो प्राविधिक कुरा जस्तो लाग्छ, तर पाइपलाइनको प्रमाणीकरण नहोस् भनेर चालिने प्रशासनिक कदम हो । प्रमाणीकरण बिना नर्ड स्ट्रिम-२ सञ्चालन हुन सक्दैन ।’

रुसी कदमले अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाएको भन्दै उनले थप प्रतिबन्ध लगाइने पनि चेतावनी दिएको सीएनएनले जनाएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पूर्वीयुक्रेनका डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिँदै शान्ति स्थापनाका लागि सेना पठाउने आदेशमा हस्ताक्षर गरेका थिए ।

पुटिनको उक्त कदमको अमेरिकासहित पश्चिमा मुलुकले निन्दा गरेका छन् । अमेरिका र उसका साझेदार मुलुकले रुसमाथि कडा प्रतिबन्ध लगाइने चेतावनी दिइसकेका छन् । तर, रुसले भने प्रतिबन्धले आफूलाई असर नपार्ने प्रतिक्रिया दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?