
१० फागुन, काठमाडौं। रुस-युक्रेन संकट गरिहिँदा युरोपेली फुटबल महासंघ (युईएफए)ले रुसको सेन्ट पिटर्सवर्गमा हुने निर्धारित च्याम्पियन्स लिगको फाइनल खेल अन्यत्र हुने सम्भावना बढेको छ ।
रुसले पूर्वी युक्रेनस्थित पृथकताबादी कब्जामा रहेको दुई शहरमा सेना पठाएपछि युद्ध हुनसक्ने आँकलन गरिएको छ । अमेरिका र बेलायतसहित थुप्रै देशले रुसको यो कदमको विरोध गरिरहेका छन् । रुसमाथि थप प्रतिबन्ध हुनसक्ने बताइएको छ ।
संकट गहिरिँदै जाँदा युईएफएले रुसमा खेल आयोजनाका लागि अनुमति दिने सम्भावना कम हुँदै गएको छ ।
बेलायती खेलकुद मन्त्री ट्रेसी क्राउचले युईएफएले तत्काल खेलस्थल परिवर्तन गर्नुपर्ने बताएका छन् ।
युरोपेली फुटबलको नियामक निकायले यसबारे निर्णय लिनुअघि परिस्थितिको आँकलन गरिरहेको छ । तर लगातार तेस्रो वर्ष छोटो समयको जानकारीबाट नयाँ खेलस्थल निर्धारण गर्नका लागि तयारी अपस्थामा छ ।
कोरोना महामारीका कारण अघिल्ला दुई संस्करणको फाइन खेलस्थल अन्तिम समयमा निर्धारण गरिएको थियो । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4