+
+

वैज्ञानिकको निष्कर्ष : महामारीको लकडाउनका कारण भारी वर्षा !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १२:५६

११ फागुन, काठमाडौं । कोरोना भाइरस महामारीले विश्वमा करोडौँ मानिसको मृत्यु भएको र खर्बौँ नोक्सानी भएको भएपनि वातावरणीय दृष्टिले चाहिं यो महामारी फलिफाप भएको छ ।

वैज्ञानिकहरुका अनुसार महामारीको लकडाउनका कारण वातावरण स्वच्छ हुँदा चीनमा किर्तिमानी वर्षा भएको छ ।

लकडाउनले गर्दा हरितगृह ग्यास तथा अन्य प्रदूषकहरुको उत्सर्जनमा तिव्र गिरावट आउनु नै सन् २०२० मा चीनमा भएको कीर्तिमानी वर्षाको प्रमुख कारण रहेको वैज्ञानिकहरुले ठहर गरेका छन् ।

वैज्ञानिकहरुका अनुसार हरितगृह ग्यास तथा एरोसोल भनिने साना धूलकणहरुको मात्रामा कमी आउँदा वायुमण्डलीय परिवर्तन भएको र यसले वर्षाको दरलाई बढावा दिएको छ ।

चीनमा सन् २०२० को गृष्मयाममा कीर्तिमानी वर्षा हुँदा सयौँ मानिसको मृत्यु हुनुका साथै दशौँ लाख मानिस विस्थापित भएका थिए ।

प्रदूषणमा आएको कमीले तत्कालका लागि भारी वर्षासँगै प्रकोपमा वृद्धि भएको देखिएपछि दीर्घकालसम्म हुने उत्सर्जन नियन्त्रणले भने यस्तो नकारात्मक असर नपार्ने वैज्ञानिकहरुको भनाई छ ।

floods

सन् २०२० को जुन र जुलाई महिनामा चीनको पूर्वी भागका विभिन्न क्षेत्रमा व्यापक वर्षासँग बाढी आएको थियो । उक्त गृष्मकालीन भारी वर्षातमा उत्सर्जन कटौतीको योगदान करीब एक तिहाईसम्म रहेको शोधकर्ताहरुको भनाई छ ।

रेकर्ड अनुसार सन् २०२० को जुन र जुलाईमा चीनको यांग्जे नदीमा सन् १९६१ यताकै उच्च बहान मापन भयो । पछिल्लो ४१ वर्षको औषत बहाव भन्दा ७९ प्रतिशत बढि उच्च बहाव मापन गरियो ।

कतिपय वैज्ञानिक अध्ययन अनुसार चीनमा भारी वर्षा हुनुमा हिन्द महासागर उत्पन्न भएको जटील सामुद्रिक प्रक्रियाको पनि हात छ ।

यसका अतिरिक्त शोधकर्ताहरुले चिनिया वर्षात् तथा बाढीका पछाडि नयाँ कुराको हात रहेको तथ्य समेत स्थापित गरे । जस अनुसार कोभिड १९ महामारीका कारण भएको लकडाउनमा हरितगृह ग्यास र एरोसोलको उत्सर्जनमा कमी आउनु नै अतिउच्च वर्षाको प्रमुख कारण हो ।

उनीहरुका अनुसार वायुमण्डलमा धूलकण तथा प्रदुषणको मात्रा बढेका कारण पछिल्लो ४ दशकमा पूर्वी तथा मध्य चीनमा गृष्मकालीन वर्षात्मा निकै कमी आएको थियो ।

वायुमण्डलमा थुप्रिएका प्रदुषक कणहरु धेरैजसो कोइला भट्टीबाट निस्किएका हुन् । वायुमण्डलमा थुप्रिएका यस्ता धूलकणहरुले ठूलो क्षमताको आँधीबेहेरी आउने प्रक्रियालाई कम गर्ने  हुनाले वर्षातमा पनि कमी आउने गर्दछ ।

सन् २०२० मा लकडाउनले गर्दा वायुमण्डलमा यस्ता धूलकण जान नपाउनु र हरितगृह ग्यासको उत्सर्जन पनि कमी हुँदा वर्षात्मा वृद्धि भएको शोधकर्ता बताउँछन् । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?