+
+
Shares

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० जना प्रस्तावित राजदूतहरूको नाम पठाएकोमा शुक्रबारसम्म तीन देशका राजदूतको अग्रिमो प्राप्त भइसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारत, चीन र इजरायलका लागि प्रस्तावित डा. निश्चलनाथ पाण्डे, डा. कल्याणराज शर्मा र सुरेशकुमार कर्णको अग्रिमो सम्बन्धित मुलुकबाट प्राप्त भएको छ।
  • संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि सरकारले राजदूतका लागि अग्रिमो पठाएको थियो।
  • राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरूले सम्बन्धित मुलुकमा राजदूतका रूपमा कार्यभार सम्हाल्नेछन्, जबकि सात देशबाट अग्रिमो आउन बाँकी छ।

२७ कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० जना प्रस्तावित राजदूतहरूको नाम पठाएकोमा शुक्रबारसम्म तीन देशका राजदूतको अग्रिमो प्राप्त भइसकेको छ ।

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण राजदूतका लागि संसदीय सुनुवाइबाट अनुमोदन भएका थिए ।

सम्बन्धित मुलुकले अग्रिमो पठाएपछि अब उनीहरूलाई राजदूत नियुक्तिको बाटो खुलेको छ । राष्ट्रपतिले अब उनीहरूलाई नियुक्त गरेपछि सम्बन्धित मुलुकमा कार्यभार सम्हाल्न जानेछन् । स्रोतका अनुसार सोमबारसम्ममा उनीहरूको नियुक्ति हुने सम्भवाना छ ।

प्रधानमन्त्रीको भारत भ्रमण हुने मिति पनि नजिकिएकाले त्यसको तयारीका लागि राजदूत आवश्यक पर्छ । त्यसैले अग्रिमो आइसकेका राजदूतलाई चाँडै नियुक्ति गर्ने तयारी छ ।

अमेरिका, बेलायत, जर्मनी लगायतका सात देशबाट राजदूतहरूको अग्रिमो आउन बाँकी छ । अग्रिमो कुनै पनि राजदूत पठाउने निश्चित भएपछि सम्बन्धित देशले उक्त व्यक्तिलाई राजदूतका लागि स्वीकृति दिने प्रक्रिया हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?