+
+

संसद सचिवालयले सार्वजनिक गर्‍यो एमसीसीबारे छलफल गर्ने कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १६:०६

११ फागुन, काठमाडौं । संघीय संसद सचिवालयले बिहीबार बस्‍ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सो कार्यसूची अनुसार बिहीबारको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए । त्यस दिन अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

हेर्नुस् संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?