+
+

सामसुङको ग्यालेक्सी एस२२ सिरिज नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १८:२३

काठमाडौ‌ं । सबैभन्दा बढी विश्वसनीय स्मार्टफोन ब्राण्ड सामसुङले ग्यालेक्सी एस२२ सिरिज नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी एस२२ अल्ट्रा, ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ मोबाइलहरु बजारमा ल्याइएको सामसुङले जनाएको छ ।

ग्यालेक्सी एस२२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरुका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरेको छ । आकर्षक एवं दीगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसर युक्त अद्भूत क्यामेराहरु रहेको कम्पनीले जनाएको छ ।

‘ग्यालेक्सी एस२२ सिरिजलाई प्रस्तुत गरेर हामीले नियमहरुको पुनर्लेखन गर्न र एउटा स्मार्टफोनले कतिसम्म गर्न सक्छ भन्ने प्रष्ट्याउन चाहिरहेका छौं,’ सामसुङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले भने, ‘पहिलो पटक, ग्यालेक्सी एस २२ अल्ट्राले ग्यालेक्सी नोट र एस सिरिजको उत्कृष्टतालाई सँगसँगै ल्याएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिन भन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध छ, जसलाई हालसम्मकै सर्वाधिक शाक्तिशाली अल्ट्रा उपकरण बनाइएको छ ।’ ग्यालेक्सी एस२२ सिरिजक कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायाँकन गर्ने, सम्पादन र शेर गर्ने योग्यताहरुका साथ डिजाइन गरिएको उनले बताए ।

प्रि अडर अवधि २३ फेब्रुअरीदेखि सुरु भएर र ९ मार्चसम्म जारी रहने कम्पनीले जनाएको छ ।

यस्ता छन् विशेषताहरुः

ग्यालेक्सी एस२२ अल्ट्रा : सामसुङको हालसम्मकै सर्वाधिक शक्तिशाली फोन

कम्पनीका अनुसार ग्यालेक्सी एस२२ अल्ट्राभित्र रहेको एस पेन हामीले निर्माण गरेको मध्ये अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभ एस पेन हो । ७० प्रतिशत कम बिलम्बताका साथ एस २२ अल्ट्राको फराकिलो स्क्रिनमा बढी स्वभाविक रुपमा लेख्न, चित्र कोर्न र एपहरु नयाँ तरिकाहरुबाट चलाउन सक्नेछ । एस पेनका साथ एस २२ अल्ट्राले नोटको विरासतलाई निरन्तरता दिएर सिर्जनात्मक हुने र कार्यहरु गर्ने नयाँ शैलीहरु प्रदान गरेको छ । अद्वितीय क्यामेरा लेन्सहरु र धातुको चिल्लो फ्रेम जसले ऐनाको स्वरुप प्रदान गर्ने, त्यस्तो विशेषता भएको ग्यालेक्सी एस २२ अल्ट्राले अत्याधुनिक डिजाइनको उत्कृष्टता दर्शाउने, आकर्षक सिसा र मिहिन फिनिसिङले एस२२ अल्ट्राको पुनःकल्पित रेखीय, प्रवाहित आकारमा एक सुन्दर स्पर्श थपेको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस २२ सिरिज : मनमोहक फोटो र भिडियो खिच्ने क्षमता

कम्पनीका अनुसार ग्यालेक्सी एस२२ अल्ट्राले कुनै पनि उज्यालो अंध्यारो अवस्थामा तत्काल पोस्ट गर्न मिल्ने फुटेजहरु खिच्न सघाउने छ । ग्यालेक्सी एस२२ अल्ट्रा सामसुङको हालसम्मकै सर्वाधिक ठूलो पिक्सल सेन्सर २.४ यूएम पिक्सल सेन्सरका साथ निर्माण भएको छ । जसले गर्दा अत्यन्त राम्रा फोटोहरु तथा भिडियोहरु खिच्न सक्नेछ । एस२२ अल्ट्राको सर्वश्रेष्ठ स्पष्ट सिसा लेन्सले कुनै चमकविना नै रातमा पनि स्पष्ट भिडियोहरु खिच्न मद्दत गर्नेछ ।

यसमा भएको भिडियो अटो फ्रेमिङ्गको सहायताले तपाईंको क्यामराले सधैं त्यहीलाई मात्र खिच्नेछ, जसलाई तपाईं खिच्न चाहनु हुन्छ, चाहे एकजना होस् या दश जना । ग्यालेक्सी एस २२ अल्ट्रा १०० गुणा स्पेस जुम र शक्तिशाली डुअल टेलि लेन्सयुक्त क्वाडु«पल लेन्स क्यामेराका साथ उपलब्ध छ, जसले यसलाई सामसुङकै सबैभन्दा शक्तिशाली क्यामरा बनाइदिएको छ ।

ग्यालेक्सी एस२२ अल्ट्रा, एस २२प्लस र एस २२ मा भएको नाइटोग्राफी विशेषताले दिनमा या रातमा जुनैबेला रेकर्डिङ गर्दा पनि अगाडि पछाडि रहेका दुवै तर्फका क्यामेराहरुले स्पष्ट भिडियोहरु लिन मिल्ने नयाँ सुविधाहरु प्रदान गरेको कम्पनीको भनाइ छ ।

ग्यालेक्सी एस २२ प्लस र एस २२मा मा एस २१ प्लस र एस २१ भन्दा २३ प्रतिशत ठूलो सेन्सर रहेको र अडाप्टिभ पिक्सल प्रविधि, जसले क्यामेरालाई धेरै प्रकाश दिने, सविस्तार चित्रण गर्ने र र‌ंगहरु स्पष्ट खिच्ने जसले तपाईंको कन्टेन्टलाई अँध्यारोमै पनि स्पष्ट पारिदिने कम्पनीले जनाएको छ । । ग्यालेक्सी एस २२ प्लस र एस २२ दुवैमा ५० मेगा पिक्सलको मुख्य क्यामेरा जडित रहेको र ३० गुणा स्पेस जूम भएको १० मेगा पिक्सलको टेलिफोटो लेक्स र १२ मेगा पिक्सलको अल्ट्रा वाइड लेन्स पनि रहेको छ । जसले गर्दा एउटा बटन थिच्दै सधैं उच्च गुणस्तरको फोटोहरु लिन सकिन्छ  । तीन वटै उपकरणहरु उन्नत भीडीआईएस प्रविधिका साथ उपलब्ध छन् । जसले कम्पन कम गराउने भएकोले हल्लिराखेको अवस्थामा पनि प्रष्ट फुटेज लिन सक्नेछ ।

ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२प्लस र एस २२ सबैमा पोट्रेट मोड र अटो फ्रेमिङ विशेषताहरु विद्यमान रहेका छन् । जसको सहायताले सबै फोटोहरु वा भिडियोहरु प्रोफेसनल लाग्नेछन् । यी सबै स्मार्टफोन– ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ मोबाइलहरु डीएसएलआर जस्तो अनुभव दिलाउन एक्सपर्ट एपका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

१६ बिटसम्मको रअ फर्म्याटमा फोटोहरु राख्न सक्ने क्षमता भएकोले तस्वीरहरु सम्पादन गर्दा ज्यादा नियन्त्रण राख्न सकिने कम्पनीले जनाएको छ । एउटा डिएसएलआर क्यामरा सरह आईएसओ सेटिङ र शटर गतिका साथ फोटो खिच्न सकिने र खिचिएको फोटोलाई आवश्यकता अनुसारको क्वालिटीमा सन्तुलन मिलाउन सकिने छ ।

ग्यालेक्सी एस २२ सिरिजः बेलगाम पावर र पर्फरमेन्स

ग्यालेक्सी एस २२ सिरिज नेपालमा पछिल्लो ४ एनएम स्न्यापड्रागन ८ जेन १ मोबाइल प्लेटफर्मका साथ उपलब्ध रहेको छ । जसले सामसुङको सबैभन्दा उन्नत एआई र एमएल प्रोसेसिङलाई शक्ति दिन्छ । यसमा वाइफाइ ६ ई पनि छ, जुन वाइफाइ ६ को तुलनामा २ गुणा बढी छिटो चल्छ, गेमिङ, स्ट्रिमिङ वा काम गरिरहँदा, सबै अत्यधिक प्रयोग भएका एपहरुमा अद्भूत पर्फमेन्सको आनन्द लिन सकिन्छ । ग्यालेक्सी एस२२ अल्ट्राको शक्तिशाली ब्याट्रीमा चल्ने पावर एक पटकको चार्जबाटै दिनभरी भन्दा बढी चल्ने क्षमता राख्दछन् । एस २२ले ४५ वाटको सर्वश्रेष्ठ छिटो चार्जलाई सर्पोट गर्छ, ता की १० मिनेटको चार्ज गरेर ५० मिनेटभन्दा बढीको भिडियो छायाँकन गर्न सकिन्छ ।

ग्यालेक्सी एस२२ अल्ट्रा इमर्सिभ ६.८ इन्च, डाइनामिक एमोलेड २एक्स डिस्प्लेका साथ उपलब्ध छ, जसले हरेक चिजलाई आश्चर्यजनक रुपमा विस्तारपूर्वक जीवन्त बनाउन १७५० निट्सको उच्चतम उज्यालोपन उत्सर्जन गर्दछ । ग्यालेक्सी एस २२ र एस २२ प्लस डाइनामिक एमोलेड २ एक्स डिस्प्लेका साथ उपलब्ध छ, जुन गेमिङ र हेर्नका लागि डिजाइन गरिएको छ । ग्यालेक्सी एस २२ मा प्रिमियम ६.१ इन्च डिस्प्ले छ भनें ग्यालेक्सी एस २२ प्लसमा स्पोर्टस् ६.६ इन्चको डिस्प्ले जडान गरिएको छ । ग्यालेक्सी एस २२ ले १३०० निट्सको उच्चतम उज्यालोपना प्रदान गर्छ भने ग्यालेक्सी एस २२ प्लसमा उच्चतम १७५० निट्सको रहेको छ ।

ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ सबैमा भिजन बुस्टर प्रविधि जडान गरिएको छ जसले स्क्रिनको उज्यालोपनालाई दिनभरी मिलाउँछ र चहकिलो घामको प्रकाशमा समेत दृश्यलाई उत्कृष्ट रुपमा हेर्न सम्भव बनाउँछ ।

दिगो टिकाउका लागि निर्मित

ग्यालेक्सी एस २२ सिरिजले सामसुङको हालसम्मकै सबैभन्दा टिकाउ मोबाइल प्रस्तुत गरेको छ । ग्यालेक्सी एस २२ र एस २२ प्लस पहिलो एस सिरिजको मोडलहरु हुन् जुन सबैभन्दा बलियो आल्मुनियम फ्रेम आरमोर आल्मुनियमबाट बनेको छ, जसले गर्दा फोनलाई जहाँ पनि निर्धक्कपूर्वक लिएर जान सकिन्छ । यसमामा न्यू कर्निङ, गोरिल्ला, ग्लास भिक्टस विशेषता रहेको छ । एस २२ सिरिजका मोबाइलहरुको अगाडि र पछाडि दुवैमा कडा सिसा जडान गरिएकोले कुनै कारणले भुईंमा खसे पनि टुट्ने फुट्ने चिन्ता लिइरहन नपर्ने कम्पनीले जनाएको छ ।

अपग्रेडका ४ पुस्ताहरु

प्रयोगकर्ताहरुलाई सर्वोत्कृष्ट मोबाइल पर्फरमेन्स र अनुभव दिलाउने हाम्रो प्रतिबद्धता स्वरुप सम्पूर्ण ग्यालेक्सी एस २२ सिरिजहरुलाई एण्ड्रोइड ओ एस अपग्रेडको ४ पुस्ताहरु सम्म सर्पोट गर्छ । अब लाखौंलाख ग्यालेक्सी प्रयोगकर्ताहरुले सबैभन्दा नयाँ सुरक्षा, उत्पादकता र नयाँ विशेषताहरुको फाइदा उठाउन सक्दछन् । सामसुङले यो प्रयासलाई आफ्नो सम्पूर्ण उत्पादनहरुमा स्केल गर्नेछ ।

सुरक्षित

कम्पनीका अनुसार ग्यालेक्सी एस २२ सिरिजहरु सामसुङको शक्तिशाली नोक्स भाउल्ट सेक्युरिटी प्लेटफर्मद्वारा संरक्षित छ, जसमा प्रोसेसर र मेमोरीको सुरक्षा पनि संलग्न छ, जसले फोनको मुख्य अपरेटिङ सिस्टमदेखि पासवर्डहरु, बायोमेट्रिक्स वा ब्लक चेन किहरु जस्ता संवेदनशील डाटालाई अलग्गै राखिदिन्छ । वान यू आई प्राइभेसी ड्यासबोर्डले डाटा र क्यामेरासम्म कुन कुन एपहरुले पुग्ने कोशिस गरिरहेको छ भनेर हेर्न सजिलो बनाइदिन्छ । जसले गर्दा कुन-कुन एपलाई अनुमति दिने वा अस्वीकृत गर्ने भन्ने निर्णय लिन सकिन्छ । ग्यालेक्सी एस २२ सिरिजहरुमा एआरएम माइक्रो आर्किटेक्चर लगायतका केही नयाँ सुरक्षा विधिहरु समाविष्ट छन्, जसले तपाईंको अपरेटिङ सिस्टम र मेमोरीमा लक्षित गरेर गरिने साइबर आक्रमणहरुको बचाऊ गर्न मद्दत पुग्छ ।

साथै ग्यालेक्सी एस २२ सिरिजहरुमा दैनिक कार्यलाई सहज बनाइदिने सीमलेस, सुविधाजनक र सुरक्षित सामसुङ वालेट पनि उपलब्ध छ । सामसुङ वालेटले डिजिटल भुक्तानी, आईडी, किइज र एसेट व्यवस्थापनलाई एउटा टुलमा संयोजन गरिदिएर तपाईंको दैनिकी विद्यार्थी परिचयपत्र देखाउनेदेखि उडान अघि ट्राभल डकुमेन्टहरु एकत्रित गर्नेसम्म सबै कामलाई सरल बनाइदिने कम्पनीले जनाएको छ ।

नवप्रवर्तन जुन दिगो छ

ग्यालेक्सी एस २२ सिरिजले वातावरण प्रति सचेत नवप्रवर्तनलाई प्राथमिकता प्रदान गरेर स्मार्टफोनका डिजाइनहरु क्रान्तिकारी परिवर्तन गर्ने गरेको छ । ग्यालेक्सी एस२२ सिरिजको की ब्राकेट र एस पेनको भित्री खोल २० प्रतिशत पुनःप्रशोधित माछा मार्ने जालले बनाइएका छन् भने प्याकेजिङलाई १०० प्रतिशत पुनः प्रशोधित कागज र पुनः प्रशोधित प्लाष्टिक प्रयोग गरिएको सुरक्षित फिल्मको प्रयोग गरेर दीगो बनाइएको छ ।

ग्यालेक्सी एस २२ अल्ट्रा ती प्रकृति प्रेरित रंगहरु फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र बर्गेन्डीमा उपलब्ध छ । यस्तै ग्यालेक्सी एस २२ र एस २२ प्लस फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र हरियो रंगमा उपलब्ध गराइएको छ ।

मूल्य तालिकाः

Galaxy S22 Ultra (12/512GB) NPR 1,69,999/- Burgundy, Phantom Black and Green
Galaxy S22 Ultra (12/256GB) NPR 1,59,999/- Burgundy, Phantom Black, Green
Galaxy S22+ (8/256GB) NPR 1,29,999/- Phantom Black, Phantom White, Pink Gold
Galaxy S22 (8/256GB) NPR 1,12,999/- Phantom Black, Phantom White, Pink Gold
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?