
१२ फागुन, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीको एक पसलमा आज बिहान आगलागी भएको छ । आगलागीबाट १८ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको अनुमान गरिएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
बिहान करिब ३ः३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए ।
आगलागीको खबर पाएलगत्तै पुगेका सुरक्षाकर्मी र स्थानीयवासीले दमकलको सहायताले आगो नियन्त्रणमा लिएका थिए ।
गत माघ २८ गते तुलसीपुर बजारको एक पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4