+
+

युक्रेनका राष्ट्रपति भन्छन्- रुसले मिसाइल आक्रमण गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते ११:३७

१२ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले मिसाइल मार्फत् आक्रमण गरेको बताएका छन् ।

उनले सामाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै युक्रेनमा इन्फ्रास्ट्रक्चर र बोर्डर गार्डसमा रुसले मिसाइल आक्रमण गरेको बताएका हुन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोभासमा सैन्य कारबाहीको घोषणा गरेलगत्तै राजधानी किभ र पूर्वी क्षेत्र डोनेट्स्कमा विष्फोटका आवाज सुनिएको समाचार सार्वजनिक भएको थियो ।

युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले ट्वीट गर्दै रुसले युक्रेनमा पूर्ण रुपमा आक्रमण सुरु गरेको जनाएका छन् ।

यसैबीच युक्रेनमा राष्ट्रिय सुरक्षा र रक्षा परिषदको आकस्मिक बैठक बोलाउने तयारी गरिएको बीबीसीले जनाएको छ । यो बैठकले देशमा सैन्य कानुन (मार्शल ल) लागू गर्ने निर्णय गर्न सक्ने अनुमान छ ।

देशमा युद्ध, विद्रोह वा प्राकृत्तिक विपत्तीको अवस्था आइपरेमा अस्थायी रुपमा मार्शल ल लागु गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?