+
+

बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता, सडक खाली गरेर ब्यारिकेड राखियो

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ फागुन १२ गते १२:२६

१२ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि संसदमा पेश हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतिको मूल्यांकन गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।

बानेश्वर क्षेत्रमा प्रहरी सडक खाली गराएर ब्यारिकेड राखेको छ । केहीअघि भएको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीको ब्यारिकेडसमेत लडाएका थिए ।

अहिले संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीलाई पनि ‘स्ट्याण्ड बाई’ राखिएको छ । पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ ।

बुधबारै संसद भवनको वरिपरी पनि काँडेतार लगाइएको थियो । संसद बैठक दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।

हेर्नुस् तस्वीरहरु: 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?