+
+

रुसका पाँचवटा लडाकु विमान खसालेको युक्रेनको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १२:५५

१२ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशलगत्तै युक्रेनका कैयौं सहरमा बम, क्षेप्यास्त्र र गोलाबारी सुरु भएको छ ।

युक्रेनको राजधानी किएभसहित प्रमुख सहरमा रकेट आक्रमण भएको छ । रुसी फौजले ओडेसास्थित युक्रेनी जल सेनाका टुकडीमाथि बम खसालेको छ । खार्किभ र मारिउपोललगायत सहरमा ठूलो संख्यामा रुसी सेना प्रवेश गरिसकेका छन् । रुसी सेनाले युक्रेनी वायु सेनाका पूर्वाधार ध्वस्त पारेको बताइसकेको छ ।

रिपोर्ट अनुसार सीमावर्ती क्षेत्रका केही स्थान र सुरक्षा चौकी रुसी फौजले कब्जा गरिसकेको छ । त्यस्तै, सैयौं मानिसको हताहती भएको हुन सक्ने भन्दै बेलायती समाचार माध्यमले समाचार लेखेका छन् । रुसले सैनिक ठेगाना र महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाएपछि मानवीय क्षतिको आशंका गरिएको हो ।

रुसी आक्रमण भिषण हुन थालेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘मार्शल ल’ (फौजी कानून) घोषणा गरेका छन् ।
युक्रेनले रुसको प्रतिरोध गर्ने उनको भनाइ छ । युक्रेनका विदेश मन्त्रीले समेत पुटिनले भिषण युद्ध सुरु गरेको भन्दै आफूहरूले रुसको प्रतिकार गर्दै विजयी हुने बताएका छन् ।

यसैबीच, युक्रेनको सेनाले रुसका ५ वटा सैनिक विमान र एक हेलिकप्टर खसालेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?