+
+

फ्रेसो क्यान्डीको विज्ञापन अभियान ‘फ्रेसो ब्रथ’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १३:०८

काठमाडौं । नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी सुजल फुड्स प्रालिले ‘फ्रेसो ब्रेथ’ नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ । कम्पनीले यस विज्ञापन अभियानमा फ्रेसो क्यान्डी भनेकै ताजा स्वास भनेर प्रचार गरिएको छ । फ्रेसो क्यान्डीले स्फूर्तिदायी ताजा स्वास प्रदान गर्नुका साथै आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान सुरु गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार फ्रेसो ब्रेथले किशोर र युवा वर्गबीचको रमाइलो र स्फूर्तिदायी क्षणहरु चित्रण गर्दछ । किशोर र युवा वर्गहरु स्वभावले सामान्यता चञ्चले र रमाइलो स्वभावको हुन्छन् । फ्रेसो ब्रेथले युवा वर्ग विचको सुन्दर रोमान्टिक क्षण चित्रण गरेको छ । यस विज्ञापनका एक किशोर किशोरीप्रति आकर्षित हुन्छन् र फ्रेसो क्यान्डीको ताजा स्वास तथा आत्मविश्वासको कारणले किशोरीसँग त्यो क्षणमा रमाएको देखाइएको छ ।

कम्पनीका अनुसार फ्रेसो क्यान्डी नेपाली मिन्ट क्यान्डी उद्योगमा एक प्रभानशाली हिस्सा भएको क्यान्डी हो । फ्रेसो क्यान्डी मेन्थालिप्टस फ्लेवर क्यान्डी हो, जसले स्फूर्तिदायी सास प्रदान गर्दछ र साथसाथै ताजगीभरि स्वास र शीतलताको अनुभूति प्रदान गरेर मुखलाई ताजापन दिने कम्पनीको दाबी छ ।

आर्कषक बनावट र लामो समयसम्म प्राप्त हुने उत्कृष्ट मिन्ट स्वादले सास ताजा बनाउने र शीतलता प्रदान गर्नुको साथसाथै आत्म–विश्वास बढाउन पनि मद्धत गर्ने कम्पनीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?