+
+

एट्लिटकोविरुद्ध म्यानचेस्टर युनाइटेडको प्रदर्शनप्रति प्रशिक्षक राग्निकद्वारा आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १४:३५

१२ फागुन, एजेन्सी । बुधबार राति च्याम्पियन्स लिग अन्तिम–१६ को पहिलो लेगमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेडले पहिलो हाफमा गरेको प्रदर्शनप्रति प्रशिक्षक राल्फ राग्निकले कडा शब्दमा आलोचना गरेका छन् ।

पहिलो हाफको सातौं मिनेटमा जोआओ फेलिक्सको हेड गोलमार्फत् पछि परेपछि आफ्नो टोलीले रणनीतिक योजना ‘रद्धीको टोकरी’मा फ्यालिदिएको आरोप प्रशिक्षक राग्निकको छ ।

सुरुवाती ४५ मिनेटको प्रदर्शनप्रति निराश बनेका उनले दोस्रो हाफमा पुनरागमनसहित खेल बराबरीमा ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे ।

‘हामीले पहिलो हाफमा गरेको प्रदर्शन अहिलेसम्म पनि विश्वास भइरहेको छैन । हामीसँग दृढ विश्वास थिएन र आक्रामकता पनि थिएन । सबै क्षेत्रमा संघर्ष गरिरहेका थियौं,’ राग्निकले बीटी स्पोर्टससँग भने, ‘दोस्रो हाफमा राम्रो भयो । बल पोजिसनमा सुधार आयो र थप १० मिनेट खेल्न पाएको भए हामीले खेल जित्ने थियौं ।’

‘बलविरुद्ध र बलसँग पनि हामी धेरै नै सशंकित थियौं । हाम्रा खेलाडीले कुनै जोखिम लिन चाहेनन् । एट्लेटिकोजस्तो टिमका लागि केवल आफ्नो हाफमा खेल्नु धेरै मुस्किल कुरा हो,’ उनले थपे, ‘उनीहरूको अग्रता तोड्नु धेरै ठूलो कुरा थियो । हामीले दोस्रो हाफमा दृढ विश्वास कायम गर्‍यौं र गोल फर्कायौं । एट्लिटकोजस्तो विपक्षीसँग खेल्ने त्यसरी नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?