
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ।
१२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विभिन्न सात विभागमा प्रमुखको जिम्मेवारी तोकेका छन् ।
उनले महामन्त्री राजेन्द्र गुरूङलाई संगठन समन्वय विभाग प्रमुखको जिम्मेवारी तोकेका छन् । त्यस्तै प्रचार विभाग प्रमुखमा प्रवक्ता मोहन श्रेष्ठ, सुशासन विभाग प्रमुखमा प्रवक्ता ज्ञानेन्द्र शाही, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा प्रवक्ता गोपाल दाहाललाई जिम्मेवारी दिएका छन् ।
प्रवास विभाग प्रमुखमा आनन्द अधिकारी, वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुखमा लक्ष्मी संग्रौला र खेलकुद विभाग प्रमुखमा दमन बस्नेतको जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4