+
+

घुस लिंदालिंदै समातिए मालपोत कार्यालय चाबहिलका खरिदार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १९:०४

१२ फागुन, काठमाडौं । काठमाडौंको चाबहिलस्थित मालपोत कार्यालयका खरिदारसहित तीन जना घुस लिंदालिंदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

बिहीबार साँझ सेवाग्राहीलाई काठमाडौं–७ मा रहेको मुस्ताङ हाम्रो थकाली भान्छाघरमा बोलाएर घुस लिइरहेको अवस्थामा खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । उनीसँगै विचौलियाको काम गर्दै आएका विनोद श्रेष्ठ र होटल व्यवसायी मीना मगर पनि पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियार श्रोतका अनुसार थकाली भान्साघरका स्ञ्चालकको समेत मिलेमतो देखिएको र खरिदार बस्नेतको साथबाट १ लाख रुपैयाँ र होटलको काउन्टरबाट ३५ हजार रुपैयाँ नगद बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?