+
+

वासिमको शतकमा युएई बन्यो ग्लोबल क्वालिफायरको च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १८:४९

१२ फागुन काठमाडौं । मोहम्मद वासिमको शतकको मद्दतमा युएईले ओमानमा सम्पन्न आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको उपाधि जितेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा युएईले आयरल्याण्डलाई ७ विकेटले पराजित च्याम्पियन बनेको हो ।

वासिमले ६६ बल खेल्दै ७ चौका र ८ छक्का मद्दतमा ११२ रन बनाएपछि आयरल्यान्डले दिएको १ सय ६० रनको लक्ष्य युएईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

१२ रनमै २ विकेट गुमाएको अवस्थामा वासिमले रोहन मुस्ताफासंग तेस्रो विकेटका लागि १४१ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए ।

मुस्ताफाले ३५ बल खेल्दै २ चौकाको मद्दतमा अविजित ३७ रन बनाए । आयरल्यान्डका जोस लिटलले २ तथा एन्डी माइकब्रिनले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

आयरल्यान्डका लागि ह्यारी टेक्टरले सर्वाधिक ५० रन बनाए । यस्तै शेन गेटकेटले ३० तथा लोर्कान टोर्कर र मार्क एडेरले समान २० रन जोडे ।

युएईका लागि जाहुर खान र रोहन मुस्तफाले ३–३ विकेट लिए । यस्तै जुनैद सिद्दीकी, कसिफ दाउद, कार्थिक मैयप्पन र बसिल हमिदले समान १ विकेट लिए ।

युएई र आयरल्याण्ड क्वालिफायरको फाइनल पुग्दै यसअघि नै अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि छनोट भइसकेका छन् ।

बिहीबार नेपालले घरेलु टोली ओमानलाई ९ विकेटले हराएर तेस्रो स्थान हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?