+
+

‘गंगुबाई काठियावाडी’मा आलियाको पारिश्रमिक २० करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १६:३६

१३ फागुन, काठमाडौं । शुक्रबार रिलिज भएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’बाट अभिनेत्री आलिया भट्टको प्रशंसा भइरहेको छ । आलियाको काम र चलचित्रको समेत सुखद् समीक्षा छ ।

सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रका लागि आलियाले मोटो पारिश्रमिक बुझेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्रका लागि आलियाले २० करोड भारु पारिश्रमिक लिएकी छन् ।

चलचित्रमा अजय देवगणको केमियो भूमिका छ । केमियो भूमिकाका लागि मात्र अजयले ११ करोड पारिश्रमिक लिएको समाचारमा उल्लेख छ । यस्तै चलचित्रकी अर्की अभिनेत्री हुमा कुरेसीले चलचित्रका लागि दुई करोड पारिश्रमिक लिएकी छन् ।

आलियाले करिअरकै सबैभन्दा उत्कृष्ट अभिनय गरेको चलचित्र भनेर समीक्षकहरुले प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?