+
+

मेयर कप महिला टी-२० : सुदूरपश्चिम फाइनल नजिक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १७:०५

१३ फागुन , काठमाडौं । प्रदेश १ माथि ६ विकेटको जितसहित सुदूरपश्चिमले ललितपुर मेयर कप महिला टी-२० क्रिकेटमा सेमिफाइनल प्रवेशको सम्भावना उच्च पारेको छ ।

सुदूरपश्मिले लगातार दोस्रो जित निकाल्दा राष्ट्रिय टोलीका कप्तानले नेतृत्व गरेको प्रदेश १ ले भने तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको हो ।

प्रदेश १ ले दिएको ५२ रनको लक्ष्य सुदुरपश्चिमले १० ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन् । बलिङतर्फ रुविना क्षेत्री २ तथा एलिसा खडियाले १ विकेट लिइन् ।

यस अघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ टोली १८.४ ओभरमा अलआउट हुँदै ५२ रन जोडे । ओपनरको रुपमा आएका मुख्य खेलाडीहरु काजोल श्रेष्ठ र रुविना क्षेत्रीको साझेदारी राम्रो चल्न सकेनन् । काजोल श्रेष्ठ र रुविना क्षेत्री क्रमशः ७ र ८ रनमा आउट भए । सबनम राईले १० र संगीता राईले १२ रन जोडे ।

बलिङतर्फ सुदुरपश्चिमका लागि इश्वरी विष्टले सर्वाधिक ४ विकेट लिइन् । उनी खेलको म्यान अफ द म्याचसमेत चुनिइन् । सम्झना खड्का र कविता जोशीले समान २-२ विकेट लिए । रितु कनौजिया र कविता कुवँरले समान १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?