+
+
Shares

क्रिकेट संघको कार्यवाहक सचिवमा मल्लकै निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १९:५०

१३ फागुन, धनगढी । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यवाहक सचिवमा प्रशान्त विक्रम मल्ललाई नै निरन्तरता दिएको छ ।

शुक्रबारदेखि धनगढीमा सुरु भएको क्यान साधारण सभाले मल्ललाई अर्को साधारण सभासम्मका लागि कार्यवाहक सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजिनामा दिएपछि रिक्त रहेको उक्त पदमा कार्यसमिति सदस्य मल्लाई कार्यवाह सचिवको जिम्मेवारी दिइएको थियो ।

साधारणसभामा रिक्त रहेको उपाध्यक्ष र सचिव पदमा चुनाव गराउने तयारी थियो । तर मल्ललाई कार्यवाहक सचिवमा निरन्तरता दिएपछि चुनाव गरिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?