News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट संघका प्रवक्ता एवं सदस्य छुम्बी लामालाई फिर्ता बोलाएको छ।
११ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्तासमेत रहेका सदस्य छुम्बी लामालाई फिर्ता बोलाएको छ ।
क्यानको विधानअनुसार २०८० चैतमा मनोनीत गरी पठाएकोमा राखेपले सोमबार पत्र पठाउदै लामालाई फिर्ता बोलाएको हो ।
नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार लामालाई २ वर्षअघि क्यानको सदस्य मनोनीत गरिएको थियो ।
राखेपबाट मनोनीत भएका लामालाई आफुनिकट हुँदा सचिव पारस खड्काले प्रवक्ताको जिम्मेवारीसमेत सुम्पिएका थिए ।
‘विधानको दफा ३ को उपदफा (४) को व्यवसथा अनुसार संघको परिषद प्रतिनिधी सदस्यको जिम्मेवारीबाट निति २०८३।२।११ गते देखि लागु हुने गरी फिर्ता बोलाइएको व्यहोरा मिति २०८३।२।११ को निर्णयानुसार जानकारी गराइन्छ’ पत्रमा लेखिएको छ ।
प्रतिक्रिया 4